काठमाडौं । प्रहरीले राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा एकजना सुनचाँदी व्यवसायीलाई एक करोड २५ लाख रुपैयाँ ऋण दिएको घटनाको छानविनका उनलाई पक्राउ गरिएको हो ।
ऋण लिने नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनले बैंकको नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट नक्कली कागज पेश गरेर एक करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए ।
जसगढले बैंकमा पेश गरेको सक्कली जग्गाको बजार मुल्य करिब ४ लाख २४ हजार मात्रै भएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।